२०८० चैत्र १६ , शुक्रवार

विन्ध्यवासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि आईपीओ जारी गर्दै

सुनाखरी न्युज/ काठमाडौं –

विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले यहीँ जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको हो ।

 

कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । जेठ २० गतेदेखि जारी हुँने आईपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।