२०८१ बैशाख ७ , शुक्रवार

काठमाडौं नगरको कार्यपालिकामा कांग्रेसको बहुमत, विश्वास जित्नुपर्ने चुनौति वालेनलाई

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय तहको निर्वाचन अन्तर्गत सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाले निर्वाचनबाट मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह (बालेन) निर्वाचति भएका छन् । यस्तै उपमेयरमा एमालेबाट सुनिता डंगोल आएकी छिन् ।

अघिल्लो चोटी काठमाडौैंमा नेकपा एमालेको प्रमुखसहित बहुमत नगर सदस्य निर्वाचित भएका थिए । तर यो निर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै बहुमत वडाध्यक्षसहित नेपाली कांग्रेसबाट नगरसभा सदस्यहरु आएका छन् ।

प्रमुख, उपप्रमुख, महानगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर काठमाडौं महानगरको ४२ सदस्यीय नगर कार्यपालिका बन्छ । जसमा नेपाली कांग्रेसको बहुमत रहने छ ।

काठमाडौं महानगरमा नेपाली कांग्रेस १९ वटा वडा जितेको छ । नेकपा एमालेले १२ वडा जितेको छ । वडा सदस्यमा एमालेले ४५ सदस्य जितेको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । १५ नम्बर वडामा वडाध्यक्ष सहित एकीकृत समाजवादीले चार जना सदस्य पनि जितेको हो ।

 

काठमाडौं महानगरमा बालेनको लागि चुनौतीको विषय भनेको दलको टिकट लिएर निर्वाचित भएका सदस्यहरुको मन जितेका काम गर्नु हो । तर राजनीतिक दलबाट प्रतिनिधित्व गर्नेहरुले कार्यपालिकामा बालेनको कति साथ दिन्छन भन्ने हेर्न बाँकी छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार महानगरले गरेको निर्णयहरु कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ को अनुसार सभा, कार्यपालिकाको वैठक बोलाउने, वैठकमा प्रस्ताव पेश गर्ने, गराउने काम नगर प्रमुखको हुने गर्दछ । तर कार्यपालिकाबाट बनेको नियमावलीले नै नगर प्रमुखको अधिकार निर्धारण गर्दछ ।