२०८१ बैशाख ७ , शुक्रवार

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ जेठ २० मा

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्रको डिजीटाइजेसनको तीब्रतालाई मध्यनजर गर्दै ब्राण्डवर्थ प्रा लिले फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ यही जेठ २०, २०७९ (जुन ३, २०२२) मा आयोजना गर्न लागेको छ ।

कोभिड १९ ले नेपालीलाई डिजीटल प्रविधीका अनेकौ आयाम जस्तै इकमर्श, डिजीटल पेमेन्ट, अनलाइन शिक्षा आदीमा अभ्यस्त गराउनुका साथै डिजीटाइजेसन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा स्थापित भएको छ । डिजीटाइजेसनका पछिल्ला संभावना, अवसर तथा चुनौतीहरुका बारेमा यसका प्रमुख सरोकारवालाहरुलाई एकै छानामुनी ल्याई बृहत छलफलको प्रयास हो, फोन पे डिजीटल इकोनोमी कन्क्लेभ २०२२ ।

 

यस वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजीटाइजेसनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्ने भन्ने रहेको छ । कन्क्लेभको दोस्रो सस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट’, ‘नेपाल–साना बजार कि असिमित सम्भावना ?’ तथा ‘नेपाली युनीकर्न कहिले ?’ विषयमा चार सत्रहरुमा सघन अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरु – नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहनेछ ।

 

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा कि–नोट स्पीच प्रस्तुत हुनेछ । साथै नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सन्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंगको बेग्लै सत्र समेत हुनेछ । काठमाडौंमा जेठ २० गते काठमांडौस्थीत होटल सोल्टीमा आयोजन हुन गइरहेको यस कन्क्लेभ देशका प्रमुख अनलाईन तथा टेलिभिजन च्यानलका साथै अन्य डिजिटल प्ल्याटफर्ममार्फत् प्रत्यक्ष प्रसारण हुनेछ । फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ ।

डिजीटल इकोनोमीका बारेमा आयोजन गरिन कन्क्लेभको दोस्रो सस्करण हामी सबैका लागी विशिष्ठ महत्व राख्दछ, यसर्थमा कि हामी, हाम्रँे समाज र अर्थतन्त्र द्रुतगतिमा डिजीटाइज भइरहेको छ । पहिलो डिजीटल कन्क्लेभलाई यहाहरु (सन्चार जगत)को सकारात्मक सहयोग र हौसला प्राप्त भएको स्मरण गराउदै दोस्रो सस्करणलाई पनि सोही सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौ । साथै, कन्क्लेभमा सक्रिय सहभागिताका लागी समेत आमन्त्रण गर्दछौ ।