२०८१ बैशाख ११ , मंगलबार

स्थानीय चुनावको संदेश, संबिधान र परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत

किरण गिरी ।

बालेन साह ६१७६७ स्वतन्त्र ।
सिर्जना सिंह ३८३४१ नेपाली कांग्रेस ।
केशव स्थापित ३८११७ एमाले ।
सुमन स्यामी १३७७० स्वतन्त्र ।
मदन दास श्रेष्ठ ५७७० राप्रपा ।

काठमाडौं महानगर पालिकाले नयाँ तथा पुन निर्वाचित जनप्रतिनिधि(१९-कांग्रेस /१समाजवादी/१२एमाले)पाएको छ।
नेपालको राजधानी काठमाडौ महानगरपालिकामा रैथाने उम्मेदवारलाई पराजित गरेका छन् । साथै, पहिलो पटक पंचायतको अन्त्यपछि बहुदलीय प्रणालीमा जन्मेका बालेनको अहिलेको चुनावी विजय भएता पनि जनता ले राजनीतिक परिवर्तनकारी शक्तिहरू नेपाली कांग्रेस र एमाले प्रतिको राजधानी बासीले बिश्वास र भरोसा नै गरेका छ्न । ३२ वडामा नेपाली कांग्रेस र एमाले लाई बिजययी गराएका छ्न । २३ वडा मध्ये – १९ वडामा सदस्य सहित अध्यक्ष नेपाली कांग्रेस ले बिजय हासिल गरेको छ भने १२वडामा एमाले र १ वडामा नेकपा समाजबादीले जित हासिल गरेको छ । तर नेपाली कांग्रेस र एमाले का मेयरका उम्मेदवारहरु प्रति भने मतदताहरुको असहमति रहेको स्पष्ट देखियो । मेयर मा बालेनलाई काठमाडौं नेवाः जनताले नै रूचाएको देखियो ।

 

अर्कोतिर निर्बाचन अगाडि ठूलो प्रचारमा आएका पुर्बराजावादीहरू पनि अबको विकल्प होइन र कहिल्यै हुन सक्तैनन भन्ने स्पष्ट सन्देश राजधानीबासीले मतबाटै दिएका छन् । यो तथ्यको पुष्टि काठमाडौका राप्रपाका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यका उम्मेदवारहरुप्रति आम मतदातामा वितृष्णा हुनू नै हो । संबिधान र गणतन्त्र विरुद्ध रहेको राप्रपाको राजनितिक भबिश्य छैन स्पष्ट संदेश राजधानी लगायत सिंगो मुलुकले जनमत बाट नै दिएको छ ।
बालेन साहको चुनावी जीतले जुन आमसन्देश दिनु थियो, त्यो स्पष्ट रुपमा दिइसकेको छ । उनीहरू पार्टी ले जो उठाए पनि स्वीकार गर्ने पक्षमा छैनन ।

काठमाडौको मेयरको चुनावको नतिजाले दिएको सन्देश:
१) राजधानीबासी नेपाली कांग्रेस र एमाले प्रति होइन उनका उम्मेदवार प्रती बिमती जनाए ।
२) पूरातनपन्थी र पहिचानवादी शक्ति सुशासन र समृद्धीको विकल्प हुन सक्तैन । यीनीहरूको सान्दर्भिकता अव समाप्त भइसकेको छ भन्ने संदेश राप्रपा लाई मतदान नगरेर जनता ले दिएका छ्न ।
३) विधमान राष्ट्रवादी लोकतान्त्रिक नेपाली कांग्रेस लगायत का शक्तिहरु परिवर्तन र समुन्नति को संबाहक भएता पनि “लौरो चुनाव चिन्ह” लिएर उठेका नवोदित बालेन साह जस्तो व्यक्तिलाई जनताले आफ्नो प्रतिनिधीको रूपमा खोजेर दलहरू लाई अलिकति सचेत गराएका छन ।
४) अवको चुनावमा “लौरो चिन्ह” स्वतन्त्र उम्मेदवारहरूको बलियो “ब्रान्ड नेम” बन्ने संभावना भने देखिदैन ।
५) राजधानी काठमाडौ संसारकै प्राचीनतम शहर हो । तर यहाँका रैथाने बासिन्दाको द्वन्द्व, हिंसा, अराजकताप्रति इतिहासमा कहिले लगाव वा झुकाव रहेन । त्यसैले उनीहरुले द्वन्द्व, हिंसा र अराकतारहित शान्तिपूर्ण रूपान्तरणको चाहना राख्दै परिवर्तनलाई आत्मसात गर्दैगए‌का छन ।
६) मूलत: राजधानीवासी आफ्नो सँस्कार, सँस्कृति र सभ्यतालाई जगेर्ना गर्दै अरू बसोबासीहरुप्रतिको परिवर्तनको चाहनामा कहिले बाधक बनेको देखिन्न । अर्थात, शान्ति, अहिंसा र उदात्तभाव राख्नु रैथाने राजधानीबासीको “जेनेटिक” (वंशानुगत) गुण रहेको देखिन्छ बालेन लाई समर्थन गरेर प्रमुख दलहरू को कार्यशैली प्रति जनता ले एककिसिमको बिमती चाहिँ जनाएका छन ।
७) प्राचीनकालदेखि शासन र सत्ताको नजिक रहेकाले राजधानीको जनसंख्याको अधिकांश हिस्सा कुलिनतन्त्रमा इतिहासदेखि आजसम्म पनि जीवन्त रहेको छ । त्यसैले आफ्नो सत्व जोगाउँदै उनीहरु समयानुकूल समृद्धी तर्फको परिवर्तनको पक्षधर रहँदैआएको देखिन्छ , राजधानी बासी जागरुक र सचेत छन ।
८) संसारको कुनै पनि राजधानीबासीले आफ्नो मौलिक सोँच र अभ्यासप्रति सजग रही “मेट्रोपोलिटन” हुदै २१ औं शताव्दीको आधुनिक राष्ट्रिय र अन्तरराष्ट्रिय चरित्र बोक्दै “कस्मोपोलिटन” आचरण, व्यावहार र सॅस्कारलाई आत्मसात गर्न तयार भएको देखिन्छ, यस्तो दृष्टान्त केही विकसित मुलुक भन्दा अन्यत्र पाइन्न । बालेन को बिजय के संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र प्रति नै जनता को दृढता र समर्थन रहेको पाइन्छ ।
९) पञ्चायतकालमा नानीमैया दाहाल, त्यसपछि पदमरत्न तुलाधार , गोल्छे सार्की र अहिले बालेन साहलाई सहजै स्वीकार गरेको आधुनिक इतिहास हो, काठमाडौको । यसअघि इतिहासका विभिन्न कालखण्डमा पृथ्वीनारायण शाह, भीमसेन थापा, जंगबहादुर राणाहरु जस्ता काठमाडौ बाहिरियाहरुलाई पनि सहजै स्वीकारेका हुन्‌ काठमाडौवासीले त्यसभन्दा पहिले सेन, गुप्ता, लिच्छवी, किरात र गोपालहरु जस्ता त्यसबेलाका फिरंगीहरुलाई आफ्नो शासकका रुपमा समेत सहजै स्वीकार गरेको इतिहास र तथ्य हामिसंग छ ।
१०) राजधानीवासी प्राचीनकालदेखि नै उदात्त र उदार भएका हुँदा उनीहरुले वंशानुगत रूपमै राष्ट्रवाद र यथास्थिति भन्दा रचनात्मक परिवर्तन र कर्मनिष्ट राजनीतिलाई महत्व दिएको कुरा स्पष्ट बुझ्न सकिन्छ ।
११) अबका दिनमा ठूला लोकतान्त्रिक दलहरु ले अब आफूलाई समयानुकुल र नवीन परिवर्तन गरी पार्टीलाई समय-सान्दर्भिक, युवामैत्री, विकासोमुलक र जनताप्रति जिम्मेवार र उत्तरदायी हुनु जरुरी देक्गिन्छ ।
१२) वास्तवमा राजधानीका मतदाता, क्रान्तिकारी नभई “इभोलुस्नरी” रहेछन् । र, आफ्नो “नेचुरल इन्स्टिंक्ट” ले मात्रै स्व: निर्णयमा पुग्छन् भन्ने ज्वलन्त उदाहरण पनि हो ।
१३ . फेरि पनि जन्म र बंशको आधारमा शासन गर्ने चाहना बोकेको र राजा ल्याउने अभिष्ट बोकेको राप्रपा लाई जनता ले ७५३ पालिका मध्ये ४ पालिका मा मात्रै सिमित गरे जसरी नै राजधानी बासीले पनि कुनै महत्त्व र स्थान दिएनन । यसले सिंगो मुलुकको जनमत जस्तै राजधानी पनि संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध छ भन्ने स्पष्ट संदेश समेत दिएको छ । ९९ प्रतिशत नेपाली जनमत नेपाल को बर्तमान संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र प्रति दृढ र प्रतिबद्ध छ भन्ने स्पष्ट संदेश यो स्थानीय निर्बाचन ले दिएको छ ।
लेखक – नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य हुन ।