२०८१ बैशाख १४ , शुक्रवार

कोरोना अपडेट : थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । ३ हजार ६ सय २८ को आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २१ जनामा कोरोना पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार २ हजार २५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १४ जना र १ हजार ६ सय ३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३ सय २९ जना पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार २४ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा कुनैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ रहेका छन् ।