२०८१ बैशाख ६ , बिहिवार

नेप्सेमा ८.०३ अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार पनि सामान्य अंकले बढेको छ । आज नेप्से ८.०३ अंकले बढेर दुई हजार २ सय ३९ दशमलव ६० विन्दुमा बन्द भएको छ ।

 

बुधबार नेप्से १४.३७ अंकले बढेर दुई हजार २ सय ३१ दशमलव ५७ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मेगा बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४७.५० रुपैयाँ पुगेको छ । त्यस्तै, आज गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

यस कम्पनीको शेयरमूल्य आज ५.४७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी मेगा बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।