२०८१ बैशाख ७ , शुक्रवार

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

सुनाखरी न्युज/मोरङ । मोरङको जहदा गाउँपालिका-२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

जेष्ठ ६ गते राती ०९०० बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेष्ठ १० गते पक्राउ गरेको हो ।

पक्राउ परेका राजभरको सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।