२०८० चैत्र १६ , शुक्रवार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले घटेको हो ।

 

बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ३ रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।