२०८१ बैशाख १३ , बिहिवार

नबिल बैंक र चिकित्सक संघबीच बैंकिङ सेवाका लागि सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

 

नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरे ।

 

नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकाल देखिनै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गरि चिकित्सकहरुको पेशागत अधिकार सुनिस्चित गर्न निरन्तर अग्रसर रहेको छ ।