२०८१ बैशाख ७ , शुक्रवार

नेपाल लाइफको बीमा जनचेतनाकार्यक्रम‘अमूल्य जीवन’प्यूठान बाट सुरु

सुनाखरी न्युज/ काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवनबीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजारचोक बाट सुरु गरेको छ ।

 

सोमबार बाट सुरु भएको सडक नाटक कार्यक्रम‘अमूल्यजीवन’प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आमनागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास छ ।

बीमा क्षेत्रको नियमनकारी निकायबीमा समितिको निर्देशनअनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ । स्थानीय निकाय सँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।