२०८० चैत्र १६ , शुक्रवार

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । प्रभु लाइफइन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी नियुक्त गरेको छ ।

 

उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सन्तोष प्रसाईले सपथ ग्रहण समेत गर्नुभई आजैबाट पदभारग्रहण समेत गर्नुभएको छ । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।