२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना पुष्टि, ९ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको भएको मन्त्रालयले जानकारी दिएको हो ।

 

२ हजार ७ सय १७ जनाको आरटी पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ८ सय ८९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ४ जना र ८ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितहरु कोरोनामुक्त भएका छन् भने हाल नेपालमा १ सय २८ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोशनमा उपचाररत रहेका छन् ।