२०८० चैत्र १५ , बिहिवार

भारत सरकारको सहयोगमा कास्की जिल्लाको आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं-

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत मतीनामग्य सी खम्पाले आज कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँड बेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवनकोउद्घाटन गर्नु भयो ।

 

२. यस श्री आर्वा विजय माध्यमिक विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत–नेपालविकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड ६३ लाखको लागत मा यस विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमाउद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

 

३.सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

 

४.भारत र नेपालबीचबहुपक्षीयएवम् बहुक्षेत्रीयविकास साझेदारी रहेको छ जसले दुई देशकाजनताबीचको निकटतालाई प्रतिबिम्बितगर्दछ। यस परियोजनाको कार्यान्वयनले शैक्षिकपूर्वाधारको विकासमानेपाल सरकारले गरेकाप्रयासहरुमाभारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बितगर्दछ ।