२०८० चैत्र १६ , शुक्रवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनको आन्दोलन

सुनाखरी न्युज/ काठमाडौं-

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरूद्ध संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

 

सरकारले केही दिनअघिबाट पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । उनीहरू पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, सबै मूल्यवृद्धिको जड पेट्रोलियम पदार्थमा कर, छिटो फिर्ता गर, अब त अति भो महंगी कति हो, जनताको ढाड सेक्ने कर फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

 

प्रदर्शनमा विभिन्न दलका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत सत्ताधारी र विपक्षी सबै पार्टीका विद्यार्थी संगठनहरू एक भएर बिरोध जनाइरहेका छन् ।