२०८० चैत्र १६ , शुक्रवार

कोरोना अपडेट : थप १६ जनामा कोरोना पुष्टि, ११ जना संक्रमणमुक्त

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

 

२ हजार ९ सय २० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा कोरोना पुष्टि भएको हो । १ हजार ९ सय ९८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र ९ सय २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३ सय ३ पुगेका छन् ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार २ पुगेको छ भने कोरोना भाईरसबाट ज्यान गुमाउनेको जम्मा संख्या ११ हजार ९ सय ५२ रहेका छन् ।