२०८१ बैशाख ६ , बिहिवार

टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल ७’ को ट्रेलर रिलिज

सुनाखरी न्युज/ काठमाडौं –

हलिउड सुपरस्टार टम क्रुजको आउँदो फिल्म‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज लगतै सामाजिक संजालमा भाइरल भएको थियो ।

 

ट्रेलरमा भरपुर एक्सन समेटिएको छ । टम क्रुजको यो फिल्म दर्शकको प्रतिक्षित सुचिमा छ । मिसन इम्पोसिबल अभिनेता टम क्रुजको सबैभन्दा सफल तथा प्रसिद्ध फ्रेन्चाई मध्यको एक हो । जसको सातौ श्रृंखला ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ हो ।

 

फिल्मको छायांकन भइसकेको छ । टम क्रुजको एक्सनका फ्यान नेपालमा पनि धेरै छन् । उनका फिल्मले नेपालमा राम्रो ब्यवसाय गर्दै आएको छ । फिल्म १४ जुलाई २०२३ मा रिलिज हुनेछ । एजेन्सी