२०८० चैत्र १५ , बिहिवार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सुनाखरी न्युज/ ललितपुर –

ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेत समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोवाटो ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार २५ रूपैयाँ र ५८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।