२०८१ बैशाख ७ , शुक्रवार

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

सुनाखरी न्युज/  बिराटनगर । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका-११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका- ७ का १९ बर्षीय हरदिप राजबंशी, भारतिय नागरीक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले२०३.४१०(दुइ सय तीन ग्राम चार सय दश मिलि ग्राम) लागुऔषध ब्राउनसुगर , नगद ३८,७३०(अट्तिस हजार सात सय तिस ) रुपैयाँ र उनीहरुले प्रयोग गरेको प्रदेश १-१०-१५ प ४२१८ तथा WB 74 V 6439 नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलवारी स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्रदेश १-०२-०४८ प ९७७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको लुकिङ ग्लास भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुढीगंगा गाउँपालिका-७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।