२०८० चैत्र १६ , शुक्रवार

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् ।

 

कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । पटक-पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

 

मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘घटनाका बारेमा अनुसन्धान गरिरहेका छौँ । कलेज प्रशासन र विद्यार्थीसँग बुझ्ने काम भइरहेको छ ।