२०८१ बैशाख ४ , मंगलबार

सुनको मूल्य दोस्रो दिन पनि स्थीर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन तथा चाँदी तेस्रो दिनसम्म स्थीर बनेको छ । आइतबार तोलामा ७०० रुपैयाँले बढेको कारोबार भएको सुन सोमबार र मंगलबार भने स्थीर बनेको हो ।

 

चाँदी भने आइतबारदेखि नै स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ पनि आज स्थीर रहेको छ । आज सोमबार चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबारदेखि नै चाँदीको भाउ यथावत रहेको छ ।

 

नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।