२०८० चैत्र १६ , शुक्रवार

महिन्द्राको नयाँ शक्तिशाली र कुशल ईन्धन“एसपीपप्लस” ट्रयाक्टर श्रृंखला नेपाली बजारमा

सुनाखरी न्युज/ काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा सुरुवात गरेको छ ।

 

यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन् । ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ । नयाँमहिन्द्राएसपीप्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते क्रमसः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । शुभारम्भ कार्यक्रममामहिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपकाप्रतिनिधि, स्थानीय डिलर, स्थानीयउद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छिट्टै नै नयाँएसपीप्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममावीरगन्ज, चितवन र नेपालगन्जमापनि सार्वजनिक (लन्च) हुने भएको छ ।

 

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्यसञ्चालन प्रमुख प्रकाशवाकंनकर का अनुसार– “बदलिँदो समयसँगै किसानहरूको विकासित भइरहेका छन् र कृषिउत्पादकत्वअभिवृद्धि गर्ने सन्दर्भमा सशक्तीकरणको उच्च स्तरको खोजीभइरहेको छ । नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँएसपीप्लस श्रृङ्खला सुरु गर्न पाउँदाहामीअत्यन्तै हर्षित छौं । यो शक्तिशाली, कुशलइन्धनश्रृंखलाले किसानहरूलाई आफ्नो कमाइको क्षमता सक्षम बनाउँछ, जसले गर्दा यो कुनै सम्झौतानगरिएको ट्राक्टरको रुपमा स्थापित गरेको छ । यससँगै बजारमाहाम्रो स्थिति थपमजबुतबनाउनेमाहामी ढुक्क छौं ।”

 

शुभारम्भको अवसरमाअग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार, “किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पु¥याउन सक्षम बनाउने नयाँएसपीप्लस श्रृङ्खला प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं । यो नयाँ ट्राक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित छ । यस श्रृंखलामा उद्योगमै अग्रणी ६ वर्षे वारेन्टी पनि दिन्छ र यसले पूर्ण मानसिक शान्तिको ग्यारेन्टी दिन्छ । महिन्द्रा सँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यो अग्नि ग्रुपका लागि पनि गर्वको क्षण पनिहो, जुन एक किसिमले हाम्रा ग्राहकहरु प्रति हाम्रो प्रतिवद्धता, वर्गमा उत्कृष्ट भन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी हो ।”

महिन्द्राफार्म उपकरण क्षेत्र (फार्म इक्विपमेन्ट सेक्टर) बारे

महिन्द्रा संख्यात्मक आधार विश्वकै नम्बर १ ट्रयाक्टर उत्पादककम्पनीहो । सन् १९६३ मा संयुक्त राज्य अमेरिकाको इन्टरनेसनलहार्भेस्टर इंकसँगको संयुक्तउद्यममार्फत आफ्नो पहिलो ट्रयाक्टर ल्याएयता अन्तर्राष्ट्रिय महिन्द्रा एन्ड महिन्द्रामार्च २०१९ सम्म ३० लाख ट्रयाक्टर बिक्री गर्ने पहिलो भारतीय ट्रयाक्टर ब्रान्ड बन्नपुग्यो, जसमाविश्वव्यापीग्राहकहरूलाई गरिएको बिक्री समावेश छ ।

 

खाल्डाखुल्डीयुक्त र निर्मम भू–भागमाआफ्नो असाधारण निर्माण गुणस्तरयुक्त र कार्य क्षमताप्रदर्शनको लागि प्रसिद्ध, महिन्द्राका ट्राक्टरहरूले कम्पनीलाई डेमिङ अवार्ड र जापानी क्वालिटी मेडल दुवै जिताएका छन् । महिन्द्रा एन्ड महिन्द्रा यो उपलब्धिहासिलगर्ने एक मात्र ट्राक्टर उत्पादक कम्पनीहो र आज घरेलु तथाविश्वबजार दुवैका लागि बहु–कार्यात्मक प्रयोगका लागि विकसित सबैभन्दा विविधदायरा भएको ट्रयाक्टरहरू मध्ये एक भएको छ । महिन्द्राको ५ महादेशका ५० भन्दा बढी देशहरूमाउपस्थिति छ र अमेरिका भारत बाहिर कम्पनीको लागि सबैभन्दा ठूलो बजार हो । आजमहिन्द्राको विश्वव्यापीउत्पादन र एसेम्बलीउपस्थिति रहेको छ जसमाउत्तरी अमेरिका, ब्राजिल, फिनल्याण्ड, टर्की र जापानमा सहायक कम्पनीहरू मार्फत स्थलगत उपस्थिति छ ।

 

महिन्द्राका बारेमा
सन् १९४५ मा स्थापनागरिएको महिन्द्राग्रुप १०० भन्दा बढी देशहरूमा २,६०,००० कर्मचारी भएका कम्पनीहरूको सबैभन्दा ठूलो र प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो । यसको भारतमा कृषिउपकरण, उपयोगिता सवारी साधन, सूचनाप्रविधि र वित्तीय सेवाहरूमा नेतृत्वदायी स्थानप्राप्त छ र संख्यात्मक रूपमाद्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । नवीकरणीय ऊजा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ।

 

महिन्द्रा ग्रुपले विश्वव्यापी रूपमा ईएसजीको नेतृत्वगर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र शहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूको उदयकालागि सक्षमतुल्याउने लक्ष्यमा स्पष्ट ध्यानदिएको छ ।