२०८० चैत्र १५ , बिहिवार

पेट्रोलियम पदार्थको मुल्य वृद्धि अव्यवहारिक र जनतामारा कदम : राप्रपा निकट युवा संगठन

सुनाखरी न्युज/ काठमाडौं । राप्रपा निकट राप्रपा निकट युवा संगठनले नेपाल आयल निगमद्वारा गरिएको पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मुल्य वृद्धि गर्नु अत्यन्त अव्यवहारिक र जनतामारा कदम भएको बताएको छ ।

 

प्रेस विज्ञप्ति नै जारी गरि संगठनले मुल्य वृद्धिले जनताको दैनिक जिवनमा नकारात्मक प्रभाव पार्ने भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । देश आक्रान्त भएको र जनताको आर्थिक अवस्था अत्यन्त कमजोर भएको बेलामा मूल्य वृद्धि हुने गरी गरिएको यस्तो कार्य खेद पुर्ण र निन्दनीय भएको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष फणी राज लोहनी राजुले बताए ।

 

त्यसैगरी संगठनले जनताको दैनिक जिवनमा नै ठुलो असर पर्ने कार्य गरेको कारणबाट सरकारको नालायकिपन उदाङ्गो भएको बताएको छ । साथै संगठनले पेट्रोलियम पदार्थको मूल्य–वृद्धिले समग्र अर्थ व्यवस्थामै महँगी बढ्ने भएको हुँदा समय र अवस्था समेतलाई मध्यनजर गर्दै यस्तो कार्य अभिलम्ब फिर्ता लिन सरकार समक्ष जोडदार माग गरेको छ ।

 

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर १०/ १० रूपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँ बढाएको थियो ।