२०८१ बैशाख ७ , शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ रुपन्देही –

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तनहुँ, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका-१० छाब्दीस्थित जंगलको झाडीमा जेठ १ गते साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।