२०८० चैत्र १६ , शुक्रवार

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ पर्सा-

ठोरी गाउँपालिका-५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।

 

साथै उक्त घट्नामा सलंग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको छ । पक्राउ परेका किशोर उपर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।