२०८० चैत्र १५ , बिहिवार

शरीरबाट विषाक्त पदार्थ हटाउन पिउनुस् काँक्रोपानी

सुनाखरी न्युज/ काठमाडौं –

आजभोलिको खानेकुरा र जीवनशैली शरीरका लागि लाभदायक छैन । त्यसले गर्दा शरीरमा विषाक्त पदार्थ जम्मा भइरहेका हुन्छन् । यसको निवारणका लागि काँक्रो पानी पिउनु उपयुक्त हुन्छ ।

सामग्री
काँक्रोका टुक्रा दुईवटा
सुन्तला दुई केस्रा
कागतीको टुक्रा एउटा
भुइँकटहरको टुक्रा एउटा
ताजा अदुजाको टुक्रा दुईवटा
पुदिनाको पात दुई ग्राम
पानी २०० मिली

विधि
एउटा गिलासमा सबै सामग्री राखेर ३० मिनेटसम्म राख्नुस् ।

त्यसलाई छानेर पिउनुस् ।

यस्तो पानी पिउँदा शरीरका भित्री भागको सफाइ राम्रोसँग हुन्छ ।

यसले शरीरका फोहरमैला बाहिर निकाल्छ । रोग लाग्ने जोखिम स्वाट्टै घट्छ ।

यसको सेवनले इम्युनिटी बढाउन सहायता गर्छ । रुघाखोकी र मौसमी रोगबाट पनि जोगाउँछ ।

थकाइ र कमजोरीलाई पनि यसले हटाउँछ । दिनभरि फुर्तिलो बनाउने काम यसले गर्छ ।

यस स्वस्थ पेयपदार्थमा क्यालोरी कम हुन्छ । त्यसैले तौल घटाउन पनि उपयुक्त हुन्छ । शरीरमा बनेको अतिरिक्त बोसो यसले घटाउँछ ।

मिर्गौला र कलेजोको सफाइ पनि यसले गर्छ । एजेन्सी