२०८० चैत्र १६ , शुक्रवार

युट्युबमा थपिए विभिन्न नयाँ फिचर्स, भिडियोको लोकप्रिय भागमात्र हेर्न सकिने

सुनाखरी न्युज/ काठमाडौं –

भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा विभिन्न नयाँ फिचर्स थप भएका छन् । कम्पनीले युट्युबको मोबाइल एप तथा वेब दुबै भर्सनमा नयाँ फिचरहरु थप गरेको हो ।

 

नयाँ फिचर्समा most replayed, video chapter लगायतका रहेका छन् । यस अन्तरगत मोस्ट रिप्लेड फिचर सबैभन्दा खास रहनेछ । यो फिचरले प्रयोगकर्तालाई उसले हेरिरहेको भिडियोको सबैभन्दा लोकप्रिय भाग कुन हो भनेर बताइदिनेछ । यसअघि युट्युबले मोस्ट रिप्लेड फिचरलाई परीक्षणका रुपमा प्रिमियम प्रयोगकर्ताका लागि लञ्च गरेको थियो । जुन अब आम प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।

 

प्रयोगकर्ताले अब आइओएस, एन्ड्रोइड तथा डेस्कटप कुनैपनि प्लाटफर्ममा युट्युब हेर्दा यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । युट्युबले भिडियो प्लेयर सँगै एउटा ग्राफपनि थप गरेको छ जसले भिडियोमा सबैभन्दा धेरै रिप्ले गरिएको हिस्साको बारेमा जानकारी गराउँदछ । उक्त ग्राफको प्रयोग गरी प्रयोगकर्ताले सजिलैसँग पूरै भिडियो स्क्रोल गर्न सक्दछन् र सबैभन्दा धेरै प्ले गरिएको हिस्सा हेर्न सक्दछन् ।

 

युट्युबले थप गरेको भिडियो च्याप्टर फिचर प्रयोग गरी प्रयोगकर्ताले कुनैपनि भिडियोको निश्चित खण्ड हेर्न सक्नेछन् । युट्युबले सन् २०२० मा स्मार्ट टिभी तथा गेमिङ कन्सोलका लागि यो सेग्मेन्टिङ टूल लञ्च गरेको थियो । च्याप्टर फिचरले प्रयोगकर्तालाई कुनैपनि भिडियोका भिन्न भिन्न हिस्सा देखाउँदछ र त्यसमध्ये प्रयोगकर्ताले आफुलाई मनपर्ने हिस्सा मात्र हेर्न सक्दछन् ।

 

त्यस्तै युट्युबले सिंगल लूप फिचर पनि थप गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै भिडियोलाई लूप गरेर हेर्न सक्दछन् । त्यस्तै युट्युबले Seek to Exact Moment फिचर पनि थप गरेको छ । यो फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । एजेन्सीको सहयोगमा