२०८० चैत्र १६ , शुक्रवार

काठसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

सुनाखरी न्युज/ सर्लाही । सर्लाही जिल्लाको बसबरीया गाउँपालिका ३ स्थित चिनिमिल चोकबाट जेठ ६ गते सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको सिमल तथा सिसौको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सोही जिल्लाको धनकोल गाउँपालिका १ बस्ने ५१ बर्षिय सत्यनारायण राम छन् । ज १ त १६७० नम्बरमो ट्याक्टरमा राखेर लैजाँदै गरेको उक्त काठसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुष्माराबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ ।

 

पक्राउ परेका रामलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय मुरियामा बुझाईएको छ ।