२०८० चैत्र १६ , शुक्रवार

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष श्रीमती सृजना राणा द्रौपदी सम्मानपत्र बाट सम्मानित

सुनाखरी न्युज/ काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्षश्रीमती सृजना राणा द्रौपदी सम्मानपत्रबाट भारतमा सम्मानितहुनुभएको छ । द्रौपदी ड्रीम ट्रस्टले उक्त सम्मानप्रदान गरेको हो ।

 

द्रौपदी ड्रीम ट्रस्ट प्राचीन पूर्वीय सभ्यता, कला, संस्कृतिधर्म लगायत ईतिहासको क्षेत्रमा बिगत लामो समय देखी खोज अनुसन्धानहरुमा संलग्नहुनुका साथै सो सम्बन्धी प्रकाशनहरु समेत गर्दै आईरहेको संस्थाहो । श्रीमती राणाले नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षको रुपमानेपालतथाभारतवीचधार्मिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यका साथ ५ वटा धार्मिक पदमार्गचक्रहरु, बुद्धिस्ट सर्किट, महाभारत सर्किट, रामायण सर्किट, शिब–शक्ति सर्किट तथाशिख सर्किटको बिकास तथा सो सम्बन्धी कफीटेबल बुकको प्रकाशनतथा वेवसाईट निर्माण कार्यका लागि अग¬वाईगर्नको साथै दु्ई देश बीचको पारस्परिक सम्बन्धको बिकासका पुर्याउनु भएको योगदानको कदर स्वरुपसो सम्मान प्रदान गरेको हो ।

 

२० मई २०२२ कादिनभारतको नयांदिल्लीमा एक भब्य कार्यक्रमको आयोजना गरी उक्त सम्मान प्रदान गरिएको हो । उक्त सम्मानभारत सरकारका प्रमुख सुरक्षा सल्लाहकार  अजितडोभलद्वारा प्रदानगरिएको थियो । भारतका बिभिन्न बिशिष्ट ब्यक्तिहरुका साथै नेपालबाट श्रीमती सृजना राणालाई यो बर्ष उक्त सम्मानप्रदानगरिएको हो । यस संघका अध्यक्षश्रीमती सृजना राणालाई उक्त सम्मानबाट सम्मानितगरिएकोमा यस संघ गर्व महसुस गर्नुका साथै आगामीदिनहरुमा यस संघलाई नेपाल–भारत बीच आर्थिक तथा अन्य बिबिध सम्बन्धहरुको प्रबद्र्धन र बिकासका कार्य गर्न थपहौसलाप्रदान गरेको छ ।

 

उक्त अवसरमा भारतका लागी नेपाली राजदूत डा. शंकर शर्मा तथा नेपालीदूतावासका ईकोनोमिक मिनिस्टर नीता पोखरेलको पनि उपस्थिति रहेको थियो ।