२०८० चैत्र १६ , शुक्रवार

‘दिगो विकास र सुरक्षितयात्रा मेरो अधिकार’ विषयक उच्च स्तरीय छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । लुम्बिनी प्रदेशको एक प्रमुख सहर नेपालगन्जमा आज ‘दिगो विकास र सुरक्षितयात्रा मेरो अधिकार’ विषयक उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा लुम्विनी प्रदेशका मन्त्री, सांसदहरु एवम् नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तथा बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न क्षेत्रका ८० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालतथाप्रदेश सभा सदस्यहरु कृष्ण केसी र आईपी खरेलले सडक सुरक्षाकालागिप्रदेश स्तरबाट आवश्यक ऐन कानुननिर्माण र कार्यान्वयनको लागि प्रतिवद्धता व्यक्तगर्नुभयो ।

 

 

सो अवसरमाबाँकेकाप्रमुखजिल्लाअधिकारी सूर्यबहादुर खत्री, नेपालगन्जउपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, राष्टिय खेलकुद परिषदकाबोर्ड सदस्य सुमित्राचौधरी, अर्थोपेडिक सर्जन प्रकाशबहादुर थापा, ट्राफिक प्रहरीको तर्फबाट हिमालशाह , राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीयप्रमुखझंकर रावल, नेपालपत्रकार महासंघका तर्फबाट शुक्रऋषिचौलागाईं, डा. विनोद कर्ण, एमाले नेता भिम ओलीलगायतले आ–आफ्नो विचार प्रस्तुतगर्नु भएको थियो । सो कार्यक्रम मार्फत यस क्षेत्रमादिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूलअभियानलाई सैद्धान्तिक अनुमोदनगरिएको छ । कार्यक्रममा एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले सडक सुरक्षाको राष्ट्रिय तथाअन्तर्राष्ट्रिय सन्दर्भ वारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

 

लुम्बिनी तथा कर्णाली प्रदेश समेतको सार्वजनिक यातायात व्यबस्थापन, सडक सुरक्षा, उद्धार, उपचार तथा पुनस्र्थापना र एकताबद्ध प्रयासकालागि समेत कार्यक्रममा छलफल भएको छ । साथै मोटरसइक्लिङ सुरक्षाको लागि सुरक्षित हेल्मेट, सडक सुरक्षाकाउन्सिलएवम् उपभोक्तातथामानवअधिकारको विषयमा समेत सहभागीहरुले आफ्नो धारणा राख्नुभएको थियो । सूचनातथामानवअधिकार अनुसन्धान केन्द्रकाअध्यक्षबिश्वजिततिवारीले संयोजन गर्नुभएको सो कार्यक्रममा सांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो भने, सडक सुरक्षा सम्बन्धीविश्वव्यापी प्रतिवद्धता पत्रमा सम्पूर्ण अतिथितथा सहभागीहरुले हस्ताक्षर गर्नु भएको थियो ।