२०८१ बैशाख ७ , शुक्रवार

कोरोना अपडेट : थप ६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार २ सय २६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

 

१ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र ५ सय ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २ सय ७७ पुगेका छन् ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितहरु निको भएका छन् भने हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९ सय ७५ पुगेको छ ।