२०८१ बैशाख ७ , शुक्रवार

सिराहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

सुनाखरी न्युज/ सिराहा-

सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित आफ्नै घरमा आइतबार बिहान करिब ३ बजे बाबु-छोराको हत्या भएको हो।

 

६० वर्षीय चन्देश्वर पाल र उनका छोरा २० वर्षीय सन्तकुमारको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो। प्रहरीका अनुसार चन्देश्वर पालको छोरा सन्तकुमारको जेठ ११ गते विवाह हुन लागेको थियो। तर उनको विवाह हुन नपाउँदै हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

 

बाबुछोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घरभित्रै शव फेला परेको र शरीरका विभिन्न भागमा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो। उक्त घटनाबारे अनुसन्धान भैइरहेको प्रहरीले जानकारी दिए