२०८० चैत्र १५ , बिहिवार

१० महिनाको अवधिमा ३५ अर्ब ७७ करोडको सुन आयात

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक बर्षको १० महिनाको अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको छ । जुन गत आवको यसै समयको भन्दा झण्डै १४ अर्बले बढी हो ।

 

भन्सार विभागको तथ्यांक अनुसार गत आवको वैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो । गत आवको तुलनामा सुन आयातमा भएको वृद्धि ५२.५१ प्रतिशत हो । सुन आयातमा सरकारले आम्दानी गर्ने राजश्व वृद्धि ५३.९३ प्रतिशतले भएको देखिन्छ ।

 

गत २१ चैतमा नेपाल राष्ट्र बैंकले सुन लगायतका वस्तुको एलसी खोल्न रोकेको थियो । तर, वैशाख दोस्रो साता वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेर आयातमा कडाइ गर्ने वस्तुको सूची सार्वजनिक गरे पछि सुनको एलसी खुल्न थालेको थियो । अहिले वाणिज्य बैंकमार्फत सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।