२०८१ बैशाख ११ , मंगलबार

नेपालमा ‘क्रेन बेबी’सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ। क्रेन एक अमेरिकी ब्रान्ड हो। जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणका लागि विश्वव्यापी रुपमा ३१ ग्लोबल ब्रान्डका रुपमा प्रख्यात छ।

 

क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप ‘क्रेन बेबी’ लन्च गरेको छ । यो लाइनअपमा बच्चाको बेडिङ, नर्सरी डेकोर, प्लस टोईका साथै अरु उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन्। यसले नयाँ अभिभावकलाई छनौट गर्न १०० बढी उत्पादनका विकल्प प्रदान गर्दछ। क्रेन बेबीका उत्पादनहरु स्टाइलिस, गुणस्तरीय र इकोफ्रेन्ड्ली छन्। नायिका प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईले दरबारमार्गमा आईएमएस लिटिल स्माइल्स शोरुमको अनावरण गरिएको थियो । यसका साथै क्रेन भारतका प्रतिनिधिहरु पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए। यस लाइनअपमा ग्राहकले विभिन्न छुट र उपहारको मज्जा लिन सक्नेछन्।

 

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आईएमएस लिटल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डीजेआई, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन्।