२०८० चैत्र १५ , बिहिवार

शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादनहरू नेपाली बजारमा

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजार मा ल्याएको छ।

 

शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गत को होम सेक्युरिटी क्यामरा घर को सुरक्षा को निम्ती हो भने बाँकी दुई स्मार्ट वाच हरु हुन् ।लन्च मा बोल्दै शाओमी नेपाल का कन्ट्री जेनेरल म्यानेजर श्री अमित पंडा ज्यु ले भन्नु भयो ,“ हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइस हरु हाम्रो उपभोक्ता माझ ल्याउन प्रयास रत छौँ । हामी चाहन्छौँ कि हाम्रा उपभोक्ता हरु को को लागि दैनिक जीवन मा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचर हरु भएको उत्पादन हरु दिन सकौँ ।

 

उक्त उत्पादनहरुको बारेमा थप बोल्दै पंडा ले भन्नु भयो , “शाओमी एस् वान एक्टिभ फिट्नेस मा रुची राख्ने व्यक्ति हरु को लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्ज को हाइ रिफ्रेस स्क्रिन रहेको छ। यसले चौबिसै घण्टा मुटु को चाल रेकर्ड गर्नु को साथै अन्य ११७ वटा फिट्नेस मोड हरु पनि रहेको छ । नर्मल मोड मा १२ दिन र ब्याट्रि सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ पनि छ । खेल प्रेमी हरु को लागि विषेष रुप मा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनु को साथै यस मा भएको डुअल ब्यान्ड जि पि एस् ले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जस ले गर्दा ठेगाना हरु छिटो र सहि रुप मा ट्र्याक हुन्छ ।

 

यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्च को फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ जसले रगत मा भएको अक्सिजन लेभल जाँच्नु को साथै चौबिसै घण्टा मुटुको चाल पनि रेकर्ड। वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् । त्यस्तै मि होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालो मा पनि फुल कलर प्यालेट देख्न सकिन्छ। यि क्यामरा हरु ले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् जसले गर्दा घर मा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ। साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचर ले गर्दा जहाँबाट पनि आफ्नो परिवार सँग कुरा गर्न सकिन्छ । यसमा ३२ जि बि सम्म को स्टोरेज छ र यसलाई घर को जुन सुकै कुना मा सजिलै सँग फिट गर्न सकिन्छ।

 

शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मुल्य नेपाली रुपैँया २२,९९९ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मुल्य रु ६,१९९ रहेको छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मुल्य रु ४,४९९ रहेको छ र यी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।