२०८० चैत्र १६ , शुक्रवार

नविल बैंकले पास गर्यो नेपाल बंगलादेश बैंक प्राप्ति गर्ने प्रस्ताव

सुनाखरी न्युज/ काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश बैंक(एनबीबी)लाई प्राप्ति गर्ने प्रस्ताव आज सम्पन्न एनबीबी बैंकको विशेष सधारण सभाले पास गरेको छ । प्राप्ति गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ता पिकेएफ टी.आर उपाध्याय एण्ड कम्पनीले सिफारिस गरेको शेयर स्वपलाई पनि बैंकको सभाले अनुमोदन गरेको छ ।

 

प्राप्तिका लागि संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदानप्रदान अनुपातमा व्यावसायिक अवसरहरू, व्यवसायको प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिति, मुनाफा वितरणको इतिहासलाई आधार बनाइएको थियो ।

 

नबिल बैंकको १०० कित्ता शेयर बराबर एनबीबी बैंकको ४३ कित्ता शेयर प्रदान गर्ने गरी प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव छ । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्बको हुनेछ ।

 

साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।