२०८० चैत्र १६ , शुक्रवार

नेपाली कांग्रेस नागार्जुन नगरपालिकाको बिजय र्‍याली र यो निर्बाचनमा मेरो अनुभव र अनुभुती

किरण गिरी । नागार्जुन नगरपालिकाको यसपालिको निर्बाचनमा नेपाली कांग्रेसले नगरपालिका प्रमुख (मेयर ) पदमा मोहन बहादुर बस्नेत सहित पाँच वडामा अध्यक्ष र सदस्यहरु समेत २४ स्थानमा बिजय हासिल गरेको छ ।

यो बिजयको लागी हौसला प्रदान गर्न नागार्जुन नगरपालिका मा २/२ पटक आएर सबै साथीहरू मा उर्जा संचार गरिदिनु हुने नेपाली कांग्रेसका महामन्त्री एबं पुर्बमन्त्री माननीय गगन कुमार थापा ज्यु लाई हार्दिक आभार प्रकट गर्दछु । ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान का केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पुर्ब मन्त्री मोहन बहादुर बस्नेत ज्यु मा समेत हार्दिक आभार प्रकट गर्दछु

यस महान निर्बाचन कार्यमा सक्रिय भुमिका निर्बाह गर्नुहुने नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमिति , नागार्जुन नगरपालिकामा समेटिएका संघीय संसदीय निर्बाचन क्षेत्र नं.- ७ , ८ र ९ का नेपाली कांग्रेस केन्द्रीय महासमिति सदस्य मित्रहरू , महाधिवेशन प्रतिनिधिहरु , नगर वडा कार्यसमिति लगायत संपुर्ण क्रियाशिल सदस्य साथीहरू र नेपाली कांग्रेस लाई मतदान गर्ने आम सार्बभौम मतदाता ज्युहरुमा हार्दिक धन्यवाद ।

यसपटकको स्थानीय निर्बाचन तयारीका लागि मेरो बिशेष र सक्रिय भुमिका रह्यो । ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान अन्तर्गत फाल्गुन अन्तिम हप्ता देखि चैत्र दोस्रो हप्ता सम्म म सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा केन्द्रीय प्रतिनिधि का रुपमा सक्रिय रुपमा सो जिल्लाभर ९ वटै पालिकाहरुमा क्रियाशिल रहें ।

त्यसपछि लगत्तै केन्द्रमा निर्बाचन सञ्चालन र परिचालन संग सम्बन्धित काममा सक्रिय रहे । घोषणा पत्र तयारी समिति , आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति सदस्य का रुपमा नियमित रुपमा सक्रिय रहें । समय मिलाएर म नागार्जुन नगरपालिका र चन्दागिरी नगरपालिका का स्थानीय तह निर्बाचन महाअभियान अन्तर्गत घरदैलो कार्यक्रम र आम सभा एबं विभिन्न कोण सभाहरुमा समेत सक्रिय रहें ।

बैशाख -२५ को त्रासदी पुर्ण घटना :-
सानो दुर्घटनाले निम्त्याउने पीडा र दिने शिक्षाले जिन्दगीको मोड तय गरिदिन्छ । नियतीले नै किन नहोस ,बैशाख -२५ गते मेरो पार्टी नेपाली कांग्रेसको चुनावी अभियान घरदैलो कार्यक्रममा सक्रिय रहदा मेरो जिबनमा घटेको त्रासदी पुर्ण एउटा घटनाले म मा नयाँ उर्जा , हौसला र प्रेरणा थपिएको छ । मैले बगाएको रगतपसिना को मुल्यांकन मेरो नेतृत्व र पार्टी नेपाली कांग्रेस अबश्य गर्नेछ भन्ने बिश्वास मैले लिएको छु ।

हरेक घटना लाई सकारात्मक र रचनात्मक रूपमा लिने मेरो स्वाभावका कारण राजनीतिक यात्रामा म अब अझ बढी सक्रियता र प्रभावकारीता साथ अगाडि बढ्ने प्रण गरेको छु ।
नेपाली कांग्रेस पार्टी प्रति मेरो निष्ठा , आदर्श र प्रतिबद्धता अनि योगदानमा कुनै कमि आउने छैन ।यो घटनामा मलाई भौतिक रुपमा वा संचार माध्यम र सामाजिक सञ्जाल बाट समेत मेरो स्वस्थ्य अबस्था प्रति गहिरो चिन्ता र चासोका साथ ,सहयोग र समर्थन गर्नुहुने एबं स्वस्थ्य लाभको कामना गर्दै मलाई हौसला दिनुहुने नेपाली कांग्रेसका समआदरणीय नेतृत्व बर्ग , केन्द्रीय कार्यसमितिका पदाधिकारी एब सदस्य ज्यु हरु राजनीतिक सहयात्री मित्रहरू , दाजुभाइ ,दिदिबहिनी तथा सबै शुभेच्छुक मित्रहरू मा हार्दिक आभार प्रकट गर्दछु । जय नेपाल ।

यो निर्बाचले कांग्रेसमा उत्साह को सञ्चार :-
नेपाली कांग्रेसको उत्साह जनक बिजयी र अग्रतामा समेत बधाई तथा शुभकामना सबै महानुभावमा :-
हामी अहिलेसम्म ७५३ पालिका मध्ये -३०८ स्थानमा बिजयी भएका छौं भने १८ स्थानमा अग्रता कायम रहेको अबस्था छ।
लोकतन्त्रको सुन्दर पक्ष आबधिक निर्बाचन हो ।
यसै सन्दर्भमा स्थानीय निर्बाचन सप्पन्न भैसकेको छ ।

स्थानीय तहको निर्वाचन २०७९
वैशाख ३० गते शुक्रबार सप्पन्न भएको हो ।
फराकिलो मतान्तरले नेपाली कांग्रेसको बिजय परिणाम हरु आइरहेका छ्न र आउने क्रम जारी छ । अधिकांश पालिकाहरुमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । यो चुनावले नेपाली कांग्रेस मुलुकको पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ ।
रुख चिन्हमा मतदान गर्ने हामी सबैलाई हार्दिक बधाई र शुभकामना ।

हाम्रो अभियान,
नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान ।। लाई सदा सफल र सार्थक बनाउनु हामी सबैको दाइत्व हो ।
रुख 🌳चिन्हमा मतदान गरौं !
नेपाली कांग्रेस लाई जिताऔं भन्ने हाम्रो चाहना लाई सफल बनाउन हामी जति सफल भयौं त्यो हाम्रा लागी राजनीतिक रुपमा सकारात्मक र सुखद नै रह्यो । अब आगामी मंसिरमा हुने प्रदेश र संघीय संसदको चुनावका लागी हामी सबै अझबढी सशक्त , प्रभावकारी रुपमा पार्टी संगठनमा सक्रिय रहनु जरुरी छ ।
सबल स्थानीय सरकार , समुन्नत गाउँ – समुन्नत नगर ।
केन्द्र देखी गाउँ सम्म नेपाली कांग्रेसको सरकार ।
पार्टीको बहुआयामिक भुमिका र जिम्मेवारीमा किरण गिरी ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
लेखक – केन्द्रीय नेता एबं प्रतिनिधि नेपाली कांग्रेस ।