२०८० चैत्र १५ , बिहिवार

भरतपुरमा अग्रता बढाउँदै रेणु, विजय ५ हजार मतले पछि परे

सुनाखरी न्युज/ चितवन ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता फराकिलो बन्दै गएको छ। हालसम्म गणना भएको ६९६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी छन्। सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।

 

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९१३२ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७१६६ मतसहित पछ्याइरहेकी छन्।

महानगरको वडानम्बर १३ को अन्तिम नतिजा आउको छ। यहाँ माओवादी केन्द्रका प्रकाश दवाडीले १५४७ मत पाएर विजयी भएका छन्। उनले नेकपा एमालेका शान्तराज आचार्यलाई हराएका हुन्। आचार्यले १२४३ मत पाएका थिए।

 

यस्तै वडा नम्बर १४ मा नेपाली कांग्रेसका राजेन्द्र खाँखी विजयी भएका छन्। उनले १९११ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण गुरूङले १५७७ मत पाए।

 

यो सँगै २९ वडा रहेको भरतपुरमा १४ वडाको अन्तिम परिणाम आएको छ। जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली कांग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ।