२०८० चैत्र १५ , बिहिवार

काठमाडौंको मेयरको मतगणनामा वालेन निरन्तर अगाडि, झनै बढाए मतान्तर

सुनाखरी न्युज/ काठमाडौं ।

 

स्थानिय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरको मतगणनामा वालेन साह (वालेन्द्र) निरन्तर अगाडि छन् ।

 

काठमाडौको भित्रिशहरमा मतान्तर घट्न सक्ने केहीको आंकलन रहेको भएपनि उनले त्यसलाई समेत चिर्दे मतान्तर झनै फराकिलदो वनाउँदै लगेका छन् ।

 

निर्वाचनको पछिल्लो नतिजा अनुसार हालसम्मको गणनामा साहले ३१०१५ मत प्राप्त गरिसका छन् भने एमालेका केशव स्थापितले १६५२७ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसकी सिर्जना सिंह स्थापितको नजिक पुगेकी छिन् ।