२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेट : थप ११ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

 

२ हजार ८ सय ७४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ११ जनामा कोरोना पुष्टि भएको हो । उक्त अवधिमा ११ जना र ५ सय ७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितहरु निको भएका छन् भने हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९ सय ५० पुगेको छ ।यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ रहेका छन् भने नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ११ लाख १९ हजार २ सय ६० पुगेका छन् ।