२०८१ बैशाख १३ , बिहिवार

राज्यबाट पाउने सेवा सुविधाले एमबीबीएस पढाउछु : गाउँपालिकाका अध्यक्ष राई

सुनाखरी न्युज/ सोलुखुम्बु –

सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले पाउने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने घोषणा गरेका छन् ।

 

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष राईले शुक्रबार पदभार ग्रहण गर्दै आफ्नो कार्यकालभर राज्यबाट प्राप्त गर्ने सुविधा वापतको रकम खर्चेर एक जना पालिकाभित्रका गरिब तथा जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने घोषणा गरेका हुन् ।

 

दोस्रो कार्यकालको शुभारम्भ गरेसँगै अध्यक्ष राईले भनेका छन्, ” पेट्रोलियम पदार्थको महंगी भएको र वातावरणलाई समेत प्रदुषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै गाउँपालिकावासी जनताहरुको सहजताको लागि वातावरण मैत्री विद्युतीय बस (चार्जिङ स्टेशन) बनाएर सेवा सन्चालन गर्ने घोषणा समेत गरेका छन् ।गाउँपालिकको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेकाले विद्युतीय बस सञ्चालनका लागि आफूहरू तयार रहेको राईले बताए।”

 

माओवादी केन्द्रको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक समेत रहेका अध्यक्ष राई २०७४ सालको पहिलो पालिका चुनावमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षको रूपमा निर्वाचित भएका राई यो पटक पनि दोश्रो ५ वर्ष कार्यकालको लागी गाउँपालिका अध्यक्षमा भारी मतका साथ पुन निर्वाचित भएका हुन् ।