२०८१ बैशाख १२ , बुधवार

जुम्लाका ६० वडामध्ये २६ वडामा काँग्रेस विजयी

सुनाखरी न्युज/ जुम्ला –

आठ स्थानीय तहमध्ये काँग्रेस ५ पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ ।

 

नेकपा (माओवादी) केन्द्रले दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजयी बनेर दोस्रो पार्टी बन्न सफल भएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले  गुठीचौर गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा निर्वाचित भएर तेस्रो पार्टी बन्न पुगेको छ ।

 

भने  एमालेले जिल्लाका छ वडामा मात्र आफ्नो जित हासिल गर्न सफल भएको छ ।