२०८० चैत्र १६ , शुक्रवार

न्याय माग्दै बालुवाटारमा धर्ना

सुनाखरी न्युज/ काठमाडौं –

बलात्कार पीडितलाई न्याय माग्दै युवाहरूले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।

 

विभिन्न प्लेकार्ड बोकेर बालुवाटार पुगेर बालुवाटार पुगेका उनीहरुले करिब एक घण्टा धर्ना दिएका थिए ।