२०८१ बैशाख ६ , बिहिवार

काठमाडौं- २८ मा कांग्रेस खड्गीको प्यानल विजयी

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन् ।

 

भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भएका छन् ।  महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएका काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

 

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायमै राखेका छन् ।