२०८१ बैशाख १४ , शुक्रवार

काठमाडौंको भित्रिशहर (कोरसिटि) मा पनि वालेन नै अगाडि, स्थापितलाई पछ्याउँदै सिंह

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन  (बालेन्द्र) साह ‘कोरसिटि’ मानिएको २६ वडामा पनि अग्रता कायम गरिरहेका छन् । वडाको प्रारम्भिक मतगणनामा पनि साहले अन्य मेय प्रत्याशीभन्दा बढी मत प्राप्त गरेका हुन् ।

उनले नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितको तुलनामा १३ हजारचन्दा बढी मत प्राप्त गरेका छन् मत प्राप्त गरेका छन् ।

 

निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले कुल २७ हजार ९६७ मत प्राप्त गरेका छन् । उनका प्रतीस्पर्धी स्थापितको मतपरिणाम १४ हजार ७८२ मा सिमित छ ।

 

यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले १४ हजार ४३९ मत प्राप्त गरेकी छन् ।