२०८० चैत्र १५ , बिहिवार

कोरोना अपडेट : देशभर थप १२ जनामा कोरोना स्रंक्रमण पुष्टि, ९ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

 

३ हजार ६ सय २७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको हो । २ हजार ५ सय ८० जनाको आरटी पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २ सय ४७ पुगेका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९ सय ३८ पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ रहेका छन् ।