२०८१ बैशाख ७ , शुक्रवार

दोहोरो अंकले घट्यो शेयर बजार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको तेस्रो दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३.५१ अंकले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा बन्द भएको छ ।

बुधबार ८.९० अंकले बढेर दुई हजार २ सय ७४ दशमलव ४२ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकम पनि सामान्य गिरावट आएको छ । आज एक अर्ब ३० करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १९ कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । आज जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७.४५ प्रतिशतले बढेर प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ । त्यस्तै, आज लुम्बीनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

यस कम्पनीको शेयरमूल्य आज ७.०८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रोमोटर शेयर भएको छ । यस कम्पनीको आज १२ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।