२०८१ बैशाख ७ , शुक्रवार

सगरमाथा चढेर काठमाडौं फर्किए राजु लामा

सुनाखरी न्युज/ काठमाडौं –

सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा स्वागत भएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्यान्डका यी चर्चित गायकलाई स्वागत गरियो ।

जलवायु परिर्वतन विरुद्धको सन्देश दिन उनी यसै साता इम्याजिन नेपाल एक्सिपिडिसन मार्फत सर्वोच्च शिखर आरोहण गरेका थिए । ६५०० मिटर उचाइको क्याम्प तीनमा उनले सांगीतिक प्रस्तुति समेत दिएका थिए । जहाँ उनले नयाँ गीत सहित मंगोलियन हार्टका चर्चित गीतहरु गुन्गुनाए ।

 

न्यानो स्वागत पाउँदा हर्षाश्रु बगाएका गायक लामाले भने, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगेँ । म रोएँ । थाम्नै सकिन । मन दुख्यो मलाई । तर, इट्स ब्यूटीफुल ।’उनले अगाडि भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्यूटीफूल देशमा छौं ।

 

सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उनले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताए । हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफू अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए ।