२०८१ बैशाख ७ , शुक्रवार

नबिल बैंकको २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंक लिमिटेडको २८ हजार ९८५ कित्ता संस्थापक शेयर जेठ ५ गतेदेखि लिलामीमा आएको छ । बैंकले अशोक कुमार अग्रवालको नाममा रहेको ९ हजार ४२८ कित्ता, त्रिलोक चन्द्र अग्रवालको नाममा रहेको १० हजार ९५१ कित्ता र तुलसीराम अग्रवालको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो ।

 

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकहरुले तोकिएको अवधिभित्र के कति रेट कति कित्ता खरीद गर्ने हो सो समेत खुलाई बैंकको केन्दिय कार्यालय तिनधारा, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गुर्नपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।