२०८१ बैशाख २८ , शुक्रवार

सुरक्षा पन्त कान्सको रेड कार्पेटमा हिँड्ने

सुनाखरी न्युज / काठमाडौं – नेपाली अभिनेत्री सुरक्षा पन्त विश्वप्रख्यात फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार हुने भएकी छन् । उनी कान्स फिल्म फेस्टिभल २०२२ मा उपस्थित हुनका लागि मंगलबार फ्रान्स जाँदैछिन् ।

अभिनेत्री पन्तले अभिनय गरेको अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको हो । उक्त चलचित्र छनोटमा परेपछि उनलाई कान्सबाट फेस्टिभलमा सहभागी हुन निम्तो आएपछि उनी कान्स फिल्म फेस्टिभल जान लागेकी हुन् । नेपाली अभिनेत्री सुरक्षा पन्त कान्सको रातो पहिरनमा सजिएर कान्सको रेड कार्पेटमा सहभागी भएकी छिन् । उनी बुधबार साँझ विश्वप्रख्यात फिल्म फेष्टिभल कान्सको रेड कार्पेटमा सहभागी भएकी हुन् ।

उनी आफ्नो अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ को स्पेशल स्क्रिनका लागि कान्स फिल्म फेष्टिभलमा सहभागी भएकी हुन् । उनी चलचित्रको टिमसहित कान्सको रेड कार्पेटमा सरिक भइन् ।

जहाँ इटालियन कलाकार, बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शसहित उनी कान्स फिल्म फेस्टिबलमा सरिक भएकी हुन् । उनीहरुको चलचित्र बुधबार राति स्क्रिनिङ भएको हो । कान्सको अफिसियल निमन्त्रणामा रेड कार्पेटमा हिँड्ने सुरक्षा पहिलो नेपाली कलाकार हुन् ।