२०८१ बैशाख १४ , शुक्रवार

नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयसगँ सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसगँ साझेदारी गरेको छ ।

 

यस सम्झौताअन्तर्गत नबिल बैंकले विदेशीलगानीकर्तालाई वित्तिय सल्लाहकार सेवाप्रदान गर्न, प्रत्यक्ष वैदेशिकलगानी प्रवद्र्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउनविभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागिलगानीबोर्ड नेपालस“ग सहकार्य गर्नेछ। नबिल बैंक पुर्वाधार विकासमा विगत ३७ बर्ष देखि नै योगदानगर्दै आईरहेको छ । यसै क्रममा पुर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० बर्ष देखी नै निकै सहभागिता र सकृयता देखाउदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रुपमा प्रवद्र्धन गर्दै आइरहेको छ ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धनतथा यस्तै अन्यपुर्वाधारकँकुराहरू विकास गर्न देशमादिगो स्रोतको खाडललाई पुरा गर्न नबिल बैंक र लगानीबोर्ड नेपालको यो सम्झौताले टेवापुग्नेछ ।

 

नबिल बैंककाप्रमुखकार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशीलभट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।विदेशी लगानी भिœयाउनका लागि बैंकको महत्वपूर्ण भूमिकारहेको कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिलबैंक लाई साझेदार बनाएको भट्टले बताए ।त्यसै गरिनबिल बैंकका अध्यक्ष उपेन्द«पौडेलले नबिल बैंकले दिगो बैंकिङस“गै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए । यसै क्रममानबिल बैंक यस गरिमामय संस्थालगानीबोर्ड नेपालको कार्यालयको औपचारिक वित्तीय सल्लाहकार बैंकको रुपमा सम्झौतागर्न पाउ“दा बैंक गौरान्वित रहेको कुरँप्रमुखकार्यकारी अधिकृत शाहले बताए ।

 

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिटएजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमानविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।